राजनीति


७ जना डीआईजीको सरुवा, ६ वटा प्रदेशमा खटाइयो प्रहरी प्रमुख

७ जना डीआईजीको सरुवा, ६ वटा प्रदेशमा खटाइयो प्रहरी प्रमुख

नेपालखबर
बैशाख २१, २०८२ आइतबार २०:३४, काठमाडौँ

नेपाल प्रहरीका ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ। गृहमन्त्री रमेश लेखकले आइतबार ६ वटा प्रदेशमा प्रहरी प्रमुखका रुपमा खटाउँदै ७ जना लाई सरुवा गर्ने निर्णय गरेका हुन्।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा सूची अनुसार कोशी प्रदेशमा ईश्वर कार्कीलाई सरुवा गरिएको छ। मधेश प्रदेशमा उमाप्रसाद चतुरवेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेशकुमार आचार्य र लुम्बिनीमा राजेन्द्र प्रसाद भट्टलाई सरुवा गरिएको हो।

यस्तै सुदूरपश्चिम प्रदेशमा डम्बरबहादुर बिकलाई सरुवा गर्दा गोबिन्द थपलियालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गरिएको छ।

यसअघि कोसी प्रदेशमा कार्यरत राजन अधिकारी, मधेश प्रदेशमा कार्यरत लालमणी आचार्य र बागमती प्रदेशमा कार्यरत कृष्णहरि शर्मा पोखरेल एआईजीमा बढुवा भएका थिए।
गण्डकी प्रदेश र सुदूरपश्चिमका प्रहरी प्रमुख चैत ५ गते अवकास भएपछि रिक्त थियो भने लुम्बिनीका प्रहरी प्रमुख दानबहादुर कार्की र सीआईबीका डीआईजी चन्द्रकुवेर खापुङ एआईजीमा बढुवा भएका थिए।

कर्णाली प्रदेशमा भने कसैलाई पनि खटाइएको छैन। त्यहाँ एसएसपीले नै लामो समयदेखि कमाण्ड गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad