राजनीति


पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोपलाई नियमिति खोप कार्यक्रममा समावेश गरिने

पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोपलाई नियमिति खोप कार्यक्रममा समावेश गरिने

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार १६:८, काठमाडौँ

महिलाहरूमा हुने पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोपलाई नियमिति खोप कार्यक्रममा समावेस गरिने भएको छ। यस्तै, १४ वर्ष मुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क हुने व्यवस्था मिलाइने सरकारले नीति तथा कार्यक्रममार्फत जानकारी दिएको छ।

सातै प्रदेशमा कम्तिमा एक सरकारी अस्पतालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गरिने राष्ट्रपति रामचन्द्र पौडेलले घोषणा गरेका छन्।

सरकारको नीति तथा कार्यक्रममा निरोगी नेपालको अवधारणा अनुरुप नसर्ने रोगको पूर्व पहिचान, परामर्श र उपचारका लागि फागुन महिनालाई नसर्ने रोग स्क्रिनिङ्ग महिना घोषणा गरी कार्यक्रमहरु सञ्चालन गरिने उल्लेख छ।

आयुर्वेद स्वास्थ्य तथा योग ध्यान पर्यटन प्रवद्र्धन गरिनेछ। आयुर्वेद चिकित्सा पद्दतिको प्रवद्र्धन र आयुर्वेद जनशक्ति विकासका लागि  राष्ट्रिय आयुर्वेद अध्ययन प्रतिष्ठान स्थापना गरिनेछ।

विशेषज्ञ एवं सघन उपचार सेवामा पहूँचका लागि सातै प्रदेशमा सघन जलन उपचार सेवा र राष्ट्रिय गंगालाल हृदय केन्द्रको प्राविधिक समन्वयमा सातै प्रदेशमा मुटुरोग उपचार सेवा विस्तार गरिने जनाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad