राजनीति


श्रमिक आयोग बनाउनुपर्नेमा नेता कोइरालाको जोड

श्रमिक आयोग बनाउनुपर्नेमा नेता कोइरालाको जोड

नेपालखबर
बैशाख १८, २०८२ बिहिबार ११:४७, काठमाडौँ

नेपाली कांग्रेसका सांसद डा. शेखर कोईरालाले श्रमिक आयोग बनाउनुपर्नेमा जोड दिएका छन्।

बिहीबार ललितपुरमा नेपाल ट्रेड युनियन कांग्रेसले १ सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रमीकहरुकै अथक प्रयासका कारण विभिन्न समयका आन्दोलनहरु सफल भएको बताउँदै श्रमीकको समस्या समाधान गर्न श्रम आयोग गठन गर्नुपर्ने कुरामा नेपाली कांग्रेस गम्भीर रहेको बताए।

उनले होटलमा कार्यरत श्रमिकहरुले १० प्रतिशतको कुरा गरेको उल्लेख गर्दै कानून बनाएर यसलाई अगाडि बढाउन सर्वोच्च अदालतले समेत आदेश दिइसकेको भन्दै नेपाली कांग्रेसले कानून बनाउन अघि बढ्ने प्रतिवद्धता जनाए। अहिले दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच व्यापार युद्ध चल्दा विश्वको परिस्थिति नाजुक भएकाले त्यसको असर नेपाललाई पनि पर्ने बताए। 

‘हामीले केही हाँसिल गरेनौँ भन्नेकुरा होइन, हामीले हाँसिल गरेका छौँ,’ कोइरालाले भने, ‘तपाईंहरुकै अथक प्रयासले योगदानमा आधारित सामाजिक सुरक्षा, तपाईंहरुको प्रयासले धेरै पहिलादखि ०५१/०५२ सालदेखिकै प्रयासले यो अहिले सफल भएको छ। अझ यसमा अनौपचारिक क्षेत्रलाई हामीले कसरी सामाजिक सुरक्षामा समावेश गर्ने भन्नेकुरा चुनौतिको विषय भएको छ।’

सांसद कोइरालाले श्रमीकहरुले नलडेको भए २००७ सालको क्रान्ति र ०४६ र ०६२३/०६३ को आन्दोलन सफल हुन नसक्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad