राजनीति


नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको एकता कार्यक्रम स्थगित

नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको एकता कार्यक्रम स्थगित

नेपालखबर
बैशाख १७, २०८२ बुधबार १३:२९, काठमाडौँ

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता कार्यक्रम स्थगित भएको छ।

नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेपछि प्रज्ञाप्रतिष्ठानमा आयोजना भएको एकता कार्यक्रम स्थगित भएको जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले जनाएको छ। 

‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै श्री रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राऊ गरेर पुरानो फैसला कार्यान्वय गर्नका लागि डिल्ली बजार जेल पठाएको खबर प्राप्त भएको छ,’ राउतको सचिवालयले भनेको छ, ‘यसको हामी घोर भर्त्सना गर्दछौँ।  यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आआफ्नो घर जान आग्रह गरिएको छ। बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौँ।’

दुई पार्टीबीचको एकताका लागि प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजना गरिएको थियो। एकतापछिको पार्टीको संरक्षक रेशमलाल चौधरी, पार्टी अध्यक्ष सीके राउत र सहअध्यक्ष रञ्जिता श्रेष्ठ रहनेगरी सहमति समेत बनिसकेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad