राजनीति


बढुवा भएका ६ एआईजीको जिम्मेवारी तोकियो, सीआईबीमा खापुङ, मानव स्रोतमा कार्की

बढुवा भएका ६ एआईजीको जिम्मेवारी तोकियो, सीआईबीमा खापुङ, मानव स्रोतमा कार्की

नेपालखबर
बैशाख १६, २०८२ मंगलबार २०:५९, काठमाडौँ

नेपाल प्रहरीका हालै बढुवा भएका ६ जना अतिरिक्त महानिरीक्षक (एआईजी) को जिम्मेवारी तोकिएको छ।

प्रहरी प्रधान कार्यालयले चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा मनोजकुमार केसीलाई जिम्मेवारी तोकेको हो।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा खापुङ र मानव स्रोतमा कार्कीलाई जिम्मेवारी दिइएको छ भने आचार्यलाई प्रहरी प्रधान कार्यालय कार्य विभाग, पोखरेललाई प्रहरी प्रधान कार्यालय प्रशासन विभाग, अधिकारीलाई अपराध अनुसन्धान विभाग र केसीलाई प्रदेश समन्वय विभागको जिम्मेवारी दिइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad