पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल र भारतबीचका समस्या ससमाधान गर्न प्रधानमन्त्री तहमै सघन वार्ता हुनुपर्ने कुरा आफूले भारतीय नेताहरुलाई राखेको बताएका छन्।
विशेषगरी भारतीर रक्षामन्त्री राजनाथ सिंहसँग यो कुरा राखेको र यसमा उनी पनि सहमत भएको भट्टराइले बताए। ‘यी विषयमा समष्टिगतरुपमा ईपीजीमार्फत हल गर्न पाए हुन्थ्यो भनेर मेरै पालामा अगाडि बढाएका हो,’ भ्रमणबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहहरुसँग कुराकानी गर्दै भट्टराईले भने, ‘त्यो नभएको खण्डमा चाहिँ नेपाल भारतबीचको समस्यालाई चाहिँ दुवै देशका प्रधानमन्त्री स्तरमा नै संघन वार्ता गरेर यसलाई हल गर्नु राम्रो हुन्छ भन्ने कुरामा उहाँले पनि सहमति जनाउनु भयो र असाध्यै सौहार्दरुपमा कुराकानी भयो।’
यही सन्देश प्रधानमन्त्री मोदीसँग पनि पुर्याउन आफूले आग्रह गरेको उनले जानकारी दिए। ‘मैले पनि उहाँलाई यो विषयमा प्रधानमन्त्री मोदीजीसँग पनि राम्रो सन्देश पुगोस् भन्ने कुरा गरेँ,’ भट्टराईले भने, ‘नेपालसँगको सम्बन्धलाई सहजीकरण गर्न विशेष ढंगले ध्यान पुगोस् भन्ने ढंगमा कुराकानी भयो।’
‘ईपीजीले काम गर्न सकेन भन्ने उच्च तहको निर्णयजस्तै’
उनले ईपीजीले काम गर्न सकेन भन्ने निर्णयमा भारतको उच्च तह पुगिसकेको आफूले पाएको समेत उल्ले गरे। ‘बुझ्दाखेरी ईपीजीले काम गर्न सकेन भन्ने त्यहाँको उच्च तहको निर्णय जस्तै भइसकेको रहेछ,’ उनले भने, ‘त्यसैले मैले यहाँबाट जानुभन्दा अगाडि ईपीजीमा नेपालका तर्फबाट रहेका डा. भेषबहादुर थापासँग र भारतको तर्फबाट रहनुभएका भगतसिंह कोसियारी दुवैसँग भेट्छु र कुरा के रहेछ भन्ने जानकारी पाउनका लागि मैले कुरा गरेको थिएँ।’
भट्टराईले थपे, ‘भगतसिंह कोसियारीजीसँग पनि गम्भीर ढंगले कुराकानी भयो। यो कुरा गर्दा प्रतिवेदन जुन तयार गरिएको थियो, त्यो स्वीकार्य हुन सकेन। स्वीकार्य नभएको अवस्थामा फेरि किचलो गर्नुको सट्टा अको विधि खोज्नुपर्छ भन्ने ठाउँमा चाहिँ उहाँहरु पुग्नु भएको रहेछ।’
Shares

प्रतिक्रिया