नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षकहरूसँगको वार्ता माग सम्बोधनउन्मुख रहेको बताएका छन्।
नेपाल शिक्षक संघका जिल्ला अध्यक्षहरु र सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघका प्रतिनिधिहरुसंग कुरा गर्दै सोमबार यताका पटक-पटकका वार्तापछि सरकार, संयन्त्र, राजनीतिक दल र शिक्षक नेता सहमतिनजिक पुगेका उनले बताए।
‘आन्दोलनरत शिक्षक भोलिसम्म कार्यस्थल फर्किने गरी नेपाल शिक्षक महासंघसँग गम्भीररुपले वार्ता परिणाममुखी हुने गरी गृहकार्य भइरहेको छ,’ महरले भने।
तत्काल पुरा गर्न सकिने मागमा सहमति गरी आजभोलि नै मन्त्रिपरिषद्बाट सम्बोधन हुने र विद्यालय शिक्षा ऐन जारीको अवधि निश्चित गर्ने तयारी भइरहेको महरले बताए।
525
Shares

प्रतिक्रिया