राजनीति


कांग्रेस सांसदको प्रस्ताव– संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ

कांग्रेस सांसदको प्रस्ताव– संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ

नेपालखबर
बैशाख १६, २०८२ मंगलबार १३:५०, काठमाडौँ

नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले संविधान संशोधन गरेर शिक्षकलाई संघीय सरकारअन्तर्गत राख्न सबै सांसद तयार हो भन्दै प्रश्न गरेका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले शिक्षकका मागहरु धेरैले उठाइसकेको भन्दै सम्भव भएसम्म सबै पुरा गरेर विद्यालय फर्काउने वातावरण बनाउन माग गरे।

शिक्षकलाई स्थानीय तहमा राख्न नहुनेमा शिक्षकहरुको माग रहेको भन्दै संविधान संशोधन गरेर शिक्षकका मागहरु पूरा गर्न तयार हुनुपर्ने उनले बताए। शिक्षकका मागहरु पुरा गर्न २ सय ७५ जना सांसद नै तयार रहेको भन्दै तत्काल २७५ जनाले नै हस्ताक्षर गरेर संविधान संशोधन गरेर संघमा शिक्षकलाई ल्याउने व्यवस्था गर्न आग्रह गरे।

‘धेरै मान्यज्यूहरुले संसदमा शिक्षकको कुराहरु बोलिसक्नुभएको छ, यो विषयमा मेरो धेरै भन्नु केही छैन,’ तिमल्सिनाले भने, ‘ शिक्षकका मागहरु सम्भव भएसम्म सबै पुरा गरेर उहाँहरुलाई स्कुल पठाउने वातावरण बनाउन सरकारसँग जोडदार माग गर्दछु। उहाँहरुले जहिले पनि भन्दै आउनुभएको छ। शिक्षालाई स्थानीय तहमा राख्नु हुँदैन भनेर। यसमा संविधान संशोधनको कुरा आउँछ। अब सबै दल एकजुट हुनुहुन्छ अहिले, २७५ जना नै तयार। तत्काल २७५ जनाले नै हस्ताक्षर गरेर संविधान संशोधन गरेर संघमा शिक्षकलाई ल्याउने व्यवस्था गर्नुपर्‍यो। नत्र भने गोहीको आँशु चुहाउने काम कसैले नगरौँ।’ 

उनले सत्तापक्ष पनि सरकारमा, प्रतिपक्ष पनि सरकारमा बसिसकेको भन्दै कसैले पनि गोहीका आँशु निकाल्नुको फाइदा नरहेको जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad