राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्लेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रप्रति सरकारले आफ्ना सभापति रवि लामिछानेलाई जस्तै राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका छन्।
रास्वपा प्रवास नेपाली सम्पर्क विभागको पहिलो अधिवेशनमा सहभागी हुन बेलायत पुगेका वाग्लेले लन्डनस्थित बीबीसी विश्व सेवाको तत्कालीन मुख्यालय बुस हाउसको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै ३० वर्षअघि मिश्रसँग भेट भएको स्मरण गरेका हुन्।
यस क्रममा वाग्लेले मिश्र देशभक्त, आर्थिक रूपमा इमानदार, परोपकारी, अध्ययनशील र मिलनसार भएको भन्दै प्रशंसा गरेका छन्।
उनले अगाडि लेखेका छन्, ‘नेता रविन्द्र मिश्रमाथि राज्यविरुद्धको अपराधजस्तो अनपेक्षित र अवाञ्छित अभियोग सभापति रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोधजस्तै हो। सरकारले विवेक देखाई तुरुन्तै रिहा गरोस् भन्ने माग गर्दछु।’
Shares

प्रतिक्रिया