राजनीति


शिक्षकसँग फेरि मन्त्रालयमा वार्तामा हुँदै, सरकारका प्रवक्ता भन्छन्- निष्कर्षनजिक छौँ

शिक्षकसँग फेरि मन्त्रालयमा वार्तामा हुँदै, सरकारका प्रवक्ता भन्छन्- निष्कर्षनजिक छौँ

नेपालखबर
बैशाख १५, २०८२ सोमबार २१:५१, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता निष्कर्षनजिक पुगेको बताएका छन्।

मन्त्रिपरिषद् बैठकपछि उनले सञ्चारकर्मीसँगको कुराकानीमा नेपाल शिक्षक महासंघका अध्यक्ष, उपाध्यक्ष र महासचिवसँग शिक्षामन्त्रीको वार्ता सकारात्मक भएको जानकारी पाएको बताए।

बैठकमा विभागीय मन्त्री रघुजी पन्तले आजको वार्ताको बारेमा जानकारी गराएको तर बैठकको एजेन्डा भने आन्दोरत शिक्षकको विषयमा नरहेको उनले बताए।

‘मन्त्रीज्यूले वार्ता गर्नुभएको छ। केही कुरा निष्कर्षमा पुगेकोजस्तो लाग्छ मलाई। भोलि वा पर्सिसम्ममा शिक्षकहरूले उठाएका मागबारे सहमति हुन्छ। विद्यालय फर्काउन वातावरण बनाउन सकिन्छ। मन्त्रालय र शिक्षक प्रतिनिधिबीचको संवाद जानकारी गराउनुभयो। भोलिसम्ममा सम्भवत: समाधान हुने अपेक्षा गरिएको छ।’

शिक्षकहरुसँग अहिले फेरि शिक्षा मन्त्रालयमा वार्ता हुँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad