राजनीति


हुरी र असिनापानीले मधेसमा क्षति गरेको छ, पीडितलाई क्षतिपूर्ति दिनपर्‍यो: प्रभु साह

प्रधानमन्त्रीलाई प्रश्न: ३ किलोमिटर सडक कालोपत्रे हुन नसक्नुको कारण के हो?
हुरी र असिनापानीले मधेसमा क्षति गरेको छ, पीडितलाई क्षतिपूर्ति दिनपर्‍यो: प्रभु साह

नेपालखबर
बैशाख १५, २०८२ सोमबार १३:५, काठमाडौँ

आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा सांसद प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग हुलाकी राजमार्ग निर्माण हुन नसक्नुको कारण मागेका छन्। 

आज (सोमबार) प्रतिनिधि सभाको बैठकमा साहले हुलाकी राजमार्गमा पर्ने मटिअर्वा–कलैया–पिलुवा सडकअन्तर्गत कलैया बजार क्षेत्रमा पर्ने ३ किलोमिटर सडक बर्षौंदेखी ठेक्का लागेर पनि निर्माण नहुनुको कारण सरकारसँग मागेका हुन्। 

‘हुलाकी राजमार्गमा पर्ने मटिअर्वा–कलैया–पिलुवा सडकअन्तर्गतको कलैया बजार क्षेत्रमा पर्ने सडक निर्माण हुन नसक्दा सर्वसधारणले सास्ती खेप्नुपरेको छ। वर्षाका कारण अहिले हिलाम्मे बनेको छ। १० वर्षौंदेखि बनाउन सुरु गरिएको सो सडक ठेकेदारले समयमै नबनाउँदा उसमाथि कानुन लाग्छ कि लाग्दैन्’, आजपा अध्यक्ष साहले भने, ‘खासगरी प्रधानमन्त्रीसँग मेरो प्रश्न छ, त्यहाँबाट एमालेकै मेयर, विधायक, सांसद जितेको छ। भौतिक मन्त्री, अर्थमन्त्री पनि एमालेकै छ। प्रधानमन्त्री पनि एमालेकै छ। तर पनि ३ किलोमिटर सडक कालोपत्रे हुन नसक्नुको कारण के छ? सरकारले जवाफ दिनुपर्छ।’

सरकारकै लापरबाहीले मटिअर्वा–कलैया–पिलुवा सडक निर्माण सम्पन्न नहुँदा सर्वसधारणले सास्ती खोप्न बाध्य भएको गुनासो उनले गरे। 

ठेक्का लागेको वर्षौं भए पनि निर्माण कार्य किन तोकिएकै समयमा सम्पन्न भएन त्यसबारे सरकारले जवाफ दिनुपर्ने उनले बताए।

यस्तै साहले आइतबार राति हावाहुरी र असिनापानीका कारण मधेस पूरै प्रभावित भएको पनि सुनाए।

उनका अनुसार बारा, रौतहट, पर्सासहितका मधेसका जिल्लामा असिनापानीले  बालीनालीमा क्षति पुगेको छ, जनजिवन प्रभावित भएको छ।

आँप, लिची तथा तरकारी खेतीमा क्षति पुगेको बताउँदै उनले किसानलाई राहत दिन सरकारसँग माग गरे।

प्राकृतिक प्रकोपबाट पीडितलाई राहत तथा अवरुद्ध सेवा सञ्चालन गराउन पनि उनले माग गरे। 

‘किसानका आँप, लिचीसहित तरकारी खेतीमा क्षति पुगेको छ। गरिबका घरको छाना उडाएको छ भने कतिपयको घर भत्किएको छ। पोल ढलेर विद्युत्‌ अवरुद्ध छ, सञ्चार सेवा पनि अवरुद्ध हुँदा जनजिवन प्रभावित भएको छ’, आजपा अध्यक्ष साहले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad