राजनीति


गगन थापा भन्छन् : शिक्षकको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौँ

गगन थापा भन्छन् : शिक्षकको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौँ

नेपालखबर
बैशाख १४, २०८२ आइतबार २०:५६, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकहरूसँग भएको विगतको सहमतिको आधारमा निर्णय गरेर चाँडोभन्दा चाँडो कक्षाकोठामा फर्कने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्।

आइतबार साँझ सामाजिक सञ्जालमार्फत थापाले शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गर्न पनि माग गरेका छन्।

‘विद्यालय शिक्षा ऐनको माग गर्दै शान्तिपूर्ण रूपमा भेला भएका शिक्षकहरू र सुरक्षाकर्मीहरूबिच भएको झडप दुःखद र चिन्ताजनक छ। लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको रक्षा गर्नु राज्यको पहिलो दायित्व हो’ थापाले लेखेका छन्, ‘शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौँ। आन्दोलनरत शिक्षकहरु संग भएको विगतको सहमतिको आधारमा निर्णय गरेर चाँडोभन्दा चाँडो कक्षाकोठामा फर्कने वातावरण बनाउनमा नै हामी सबैले काम गर्नु पर्ने छ, त्यही गरौँ।’

आइतबार बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप हुँदा एकजना पत्रकारसहित ६२ शिक्षक घाइते भएका छन्।

शिक्षकहरू विगतको सहमति कार्यन्वयन र विद्यालय शिक्षा ऐन पाति गर्न माग गर्दै चैत २० देखि राजधानी केन्द्रित आन्दोलनमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad