प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आलोचनाले कहिले पनि मित्रता नबन्ने बताएका छन्। मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै उनले सकेसम्म प्रशंसा गर्ने ठाउँ मात्रै खोज्न आग्रह गरे।
‘आलोचनाले कहिल्यै मित्र बढाउँदैन, कसैको आलोचना गर्नुभयो भने त्यो मित्र बन्छ भन्ने नठान्नुहोला,’ ओलीको भनाइ छ, ‘आलोचना गरेपछि त्यो टेढियो। पाएसम्म, सकेसम्म प्रशंसा गर्ने ठाउँ खोज्नुहोस्। प्रशंसा गरिदिनुहोस्। प्रशंसा गर्ने ठाउँ भेट्टाउनु भएन भएन चुप लागिदिनुहोस्। आलोचना कम गर्नुहोस्। आलोचनात्मक चेतले भाडिन्छ।’
विश्लेषणात्मक चेतले मात्रै सढी, गलत छुट्याउन सिकाउने उनको तर्क छ। ओलीको भनाइ छ, ‘विश्लेषणात्मक चेतले विश्लेषण गर्छ। सही, गलत छुट्याउँछ र ठिक ढंगले अगाडि बढाउँछ। त्यसकारण विश्लेषण गर्न सिक्नुहोस्।’
Shares

प्रतिक्रिया