राजनीति


सरकारको प्राथमिकतामा जनसरोकारका विषय छैनन्: शक्ति बस्नेत

सरकारको प्राथमिकतामा जनसरोकारका विषय छैनन्: शक्ति बस्नेत

नेपालखबर
बैशाख १४, २०८२ आइतबार १३:३७, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सरकारको प्राथमिकतामा राष्ट्रिय र जनसरोकारका विषयहरू नरहेको आरोप लगाएका छन्।  

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले राज्यका महत्वपूर्ण निकायहरूमा दलहरूको प्रतिनिधित्व कसरी गराउने र सरकार कसरी टिकाउने भन्नेमा सरकारले सम्पूर्ण तागत खर्च गरिरहेको बताए। 

उनले शिक्षकहरू २६ दिनदेखि सडक आन्दोलनमा रहेको बताउँदै सरकारले माग सम्बोधन गर्न नसकेको आरोप लगाए। सांसद बस्नेतले विद्यमान कानुनभित्र समाधान गर्न सकिने विषयहरूमा पहल गर्न र समस्या समाधानको तदारुकता आग्रह गरे। 

'सरकारको प्राथमिकतामा राष्ट्रिय र जनसरोकारका विषयहरू छैनन् भन्ने स्पष्ट भइसकेको छ। राज्यका महत्वपूर्ण निकायहरूमा दलहरूको प्रतिनिधित्व कसरी गराउने र सरकार कसरी टिकाउने भन्नेमा नै सरकारले सम्पूर्ण तागत लगाइरहेको छ भन्ने यहाँ स्पष्ट भइसकेको छ,' उनले भने, 'शिक्षकहरू २६ दिन देखि सडक आन्दोलनमा छन् । सरकारले वार्ताको कुरा गर्छ र आन्दोलन फिर्ता लिन एकोहोरो रटान लिइरहेको छ। विद्यमान कानूनभित्र समाधान गर्न सकिने विषयहरूमा पहल गर्ने, समस्या समाधानको तदारुकता देखाउने र विधेयक छिटै संसद्मा पेस हुनेछ भन्ने विश्वासिलो वातावरण बनाउनको निम्ति सरकारले थप पहल गरोस् म आग्रह गर्न चाहन्छु।'

उनले कर्णाली प्रदेशमा आयोजना गर्ने भनिएको दसौँ राष्ट्रिय खेलकुदको मिति परिवर्तनको सिलसिला नरोकिएको भन्दै यसले खेल क्षेत्रलाई स्तब्ध बनाएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad