राजनीति


राजावादीको रणनीति असफल भयो, हामी सफल भयौँ : प्रचण्ड

राजावादीको रणनीति असफल भयो, हामी सफल भयौँ : प्रचण्ड

नेपालखबर
बैशाख १३, २०८२ शनिबार १४:२३, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका राजावादीहरुले काठमाडौँ उपत्यकामा उपद्रो मच्चाउन खोजेको तर त्यो असफल भएको दाबी गरेका छन्। प्रेस सेन्टरको काठमाडौँमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरुकै कारण त्यो असफल भएको समेत दाबी गरे।

‘उपत्यकामा राजावादी भन्नेहरुले उपद्रो मच्चाउन खोजेको र होहल्ला गरेको हामीले देख्यौँ,’ प्रचण्डले भने, ‘हामी समावेशी, समानुपातिक प्रतिनिधित्वसहित लोकतान्त्रिक गणतन्त्रको प्रमुख बाहक हुनुको नाताले हाम्रो ने जिम्मेवारी छ यसको रक्षा गर्ने र थप उपब्धीहरुको निम्ति अगाडि बढ्ने। प्रमुख जिम्मेवारी पनि हाम्रो नै हो। त्यसकारण हामीले केही समय अभियान रोकेर काठमाडौँमा एउटा विशाल प्रदर्शन र जनसभा गर्‍यौँ र त्यसको असर के पर्‍यो भन्ने कुरा राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा राम्रोसँग स्थापित भयो।’

उनले थपे, ‘अब करिब–करिब उनीहरुले भन्ने गरेको होलहल्ला र रणनीति असफल भइसकेको छ। पूर्णतः भनेजस्तै गरी असफल भइसकेको छ। अहिले त हामीले भन्नु परेको छैन। अरु अरुले पनि भन्न थालेका छन् असफल भयो। त्यो भनेको नेपाली जनता सफल भयो। संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसका पक्षधर नेतृत्व कर्ताको हैसियताले हामी सफल भयौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad