राजनीति


रास्वपाले भन्यो: एमाले-कांग्रेस मिल्दा देश झन् बिग्रियो

रास्वपाले भन्यो: एमाले-कांग्रेस मिल्दा देश झन् बिग्रियो

नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार १५:३७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले कांग्रेस-एमाले मिल्दा देशको अवस्था झन् बिग्रिएको टिप्पणी गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अर्यालले दुई दल मिल्दा सुशासन कायम र भ्रष्टाचार अन्त्यको कल्पना गर्न नसक्ने अवस्थामा पुगेको बताएका हुन्। 

उनले भने, 'ती दल मिल्दा त बिग्रिँदो रहेछ। सुशानसन कायम र भ्रष्टाचार अन्त्यको त कल्पनै गर्न नसकिने अवस्थामा पुग्यो।'

अर्यालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै संवैधानिक व्यवस्थाबाहिर गएर जबर्जस्ती गरे देश द्वन्द्वमा धकेलिने बताए। 

'हाम्रो संविधानले कसैको आगमन र बहिर्गमनका लागि वैधानिक बाटो निर्दिष्ट गरेको छ। त्यसको प्रयोग गरेर जनमतमार्फत जो पनि शासनमा आऊजाऊ गर्न सक्छन्,' उनले भने, 'योभन्दा अर्को बाटो कसैले सोचेको छ र त्यसमा जबरजस्तीको प्रयास भयो भने फेरि मुलुक द्वन्द्वतर्फ उन्मुख हुनेमा हामी सबैले ख्याल गर्नुपर्छ।'

उनले अहिलेको मुख्य एजेन्डा रूपान्तरणका बाधकहरूको अन्त्य भएको सुनाए। 'अहिलेको मूल एजेन्डा रूपान्तरणका बाधक, परिवर्तनका अवरोधक र विकृतिका कारकहरूको अन्त्य हो। सुधारको सुरुवात संविधान सच्याएर गर्नुपर्छ,' उनले भने। 

उनले संविधान संशोधनबारे सरकारले विपक्षीसँग संवाद नै नगरेको गुनासो पनि गरे। अर्यालले गर्भनर नियुक्ति, शिक्षकको आन्दोलन र शिक्षामन्त्रीको राजीनामाले सरकारले लाज ढाक्ने नसकेको टिप्पणी गरे।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad