राजनीति


राजेन्द्र लिङ्देनको आरोप: भाटभटेनी लुट्ने कांग्रेस नेताको छोरालाई गृहमन्त्रीले छुटाए

राजेन्द्र लिङ्देनको आरोप: भाटभटेनी लुट्ने कांग्रेस नेताको छोरालाई गृहमन्त्रीले छुटाए

नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार १५:२६, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते राजावादीको प्रदर्शनको क्रकमा भाटभटेनी सुपरमार्केट लुट्न कांग्रेसकै नेताका छोरा पनि संलग्न भएको आरोप लगाएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै लिङ्देनले पक्राउ परेका व्यक्ति कांग्रेस सहमहामन्त्रीका छोरा भएको र उनलाई दुई घण्टाभित्रै छोडिएको आरोप लगाएका हुन्। 

लिङ्देनले गृहमन्त्री रमेश लेखकलाई सम्बोधन गर्दै भने, 'भाटभटेनीको लुटपाटमा सत्तारुढको तपाईंकै पार्टीको सहमहमन्त्रीको छोरो रहेछ। किन छोड्नु भयो तुरुन्तै?' उनले कांग्रेस नेताको छोराले रक्सी बोकेको र उनीसँग आएका साथीले कपडा लिएर गएको समेत दाबी गरे।  

उनले कुन नेता र उनका छोरा को भन्नेबारे खुलाएनन्।   

'तपाईं (गृहमन्त्री लेखक)का नेताको छोराले रक्सी लिएर गयो उसले ल्याएको मान्छेले रक्सी खाँदिन कपडा काम लाग्छ भनेर लग्यो,' उनले भने, 'पक्राउ गर्‍यो तर पछि नेताको छोरो रहेछ। दुई घण्टाभित्रै छोड्नु भयो। यो कुरा सार्वजनिक गर्न जरुरी छ।'

उनले गणतन्त्रलाई निरंकुशतन्त्र भएकोले विरोध गरिरहने पनि बताए। लिङ्देनले आफूहरूसँग संविधान परिवर्तन गर्ने अधिकार पनि सुरक्षित रहेको दाबी गरे। 

'निरंकुश तन्त्रको विरोध गरिराख्छौँ। संविधानको कसम खाएका छौँ। संविधान परिवर्तन गर्ने अधिकार पनि सुरक्षित छ। हामीले संयमता अपनाऔं,' उनले भने, 'समस्या नेतृत्वमा आयो, प्रणालीमा मात्रै होइन। सल्लाह सहमतिमा सुधार गर्नुपर्छ। भ्रष्टाचार नेताले गर्छ। कारबाही कसले गर्छ- अख्तियारले अख्तियारमा को छन्? नेताले नियुक्ति गरेको मान्छे अदालतमा उस्तै।' 

तीनुकुने घटनामा संलग्न ८६ जनालाई प्रहरीट्ठले पक्राउ गरेर हिरातमा राखेर अनुसन्धान गरिरहेको छ। २१ जना छुटिसकेका छन्। उनीहरूलाई थुना बाहिरै राेखर अनसन्धान गरिरहेको जिल्ला परिसर काठमाडौँले जनाएको छ।   

लिङदेनले राजसंस्थाको पक्षमा बोल्नु लोकतन्त्रको विरोधी नभएको दाबी गरे। उनले राजसंस्था र प्रजातन्त्र एकआपसको विकल्प नभएको बताए।

‘राजासंस्थाको कुरा गर्नु भनेको प्रजातन्त्रको विरोध गर्नु हो भन्ने गलत भाष्य निर्माण गरिएको छ यो गरिमामय संसदमा र जनताका प्रतिनिधिहरुले त्यो गलत परिभाषा लगाउनु हुँदैन भन्ने चाहन्छु,' उनले भने, 'राजसंसथाको कुरा गर्नु प्रजातन्त्र र लोकतन्त्रको विरोध गर्नु होइन। र राजसंस्था र प्रजातन्त्र एकआपसका विकल्प होइनन्। दुनियाँका धेरै समृद्धि देशहरु छन् सुखी र सम्पन्न देशहरु छन् जहाँ लोकतन्त्र र राजसंस्था सँगसँगै छन् त्यसकारण कसैले यहाँ वा राप्रपाले यहाँ राजसंस्था वा राजाको पक्षमा कुरा गर्नु लोकतन्त्रको विरुद्धमा होइन।' 

लिङ्देनले विश्वमा धेरै सम्पन्न देशहरूमा राजसंस्था र प्रजातन्त्र सँगसँगै अघि बढेको बताए।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad