राजनीति


मन्त्रिपरिषद् सकिनु १८ मिनेटअघि नै कुलमान हटाएको समाचार बाहिरियो: सञ्चारमन्त्री गुरुङ

मन्त्रिपरिषद् सकिनु १८ मिनेटअघि नै कुलमान हटाएको समाचार बाहिरियो: सञ्चारमन्त्री गुरुङ

नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार १४:२४, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने समाचार मन्त्रिपरिषद्को निर्णय हुनुभन्दा पहिले सञ्चारमाध्यममा आएको बताएका छन्। 

शुक्रबार काठमाडौँमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मन्त्रिपरिषद्को बैठक सकिनुभन्दा १८ मिनेट अगाडि नै कुलमानलाई पदबाट हटाएको समाचार अनलाइन माध्यममा प्रकाशित भइसकेको बताएका हुन्। 

'क्याबिनेटको बैठक चलिरहेको छ, कुलमान जीलाई हटाउने निर्णय गरेको बैठक सकिनुभन्दा १८ मिनेट अगाडि नै आइसक्यो अनलाइनहरूमा। त्यहाँ मन्त्रीहरू र मुख्यसचिवबाहेक अरू कोही छैन। कसले भन्यो त त्यो? मैले प्रधानमन्त्री ज्यूलाई प्रश्न गरेँ, कसले भन्यो? कि तपाईँले भन्नुभयो कि? तपाइँका माननीय मन्त्रीज्युहरूले भन्नुभयो कि? कि मुख्यसचिवले भन्नुभयो? कसैले त भन्यो?,' उनले भने, 'प्रवक्ता तल गएर माइकको अगाडि उभिनुभन्दा अगाडि नै समाचारमा आइसक्यो, अनलाइनमा आइसक्यो। को छ यहाँ मन्त्री अनलाइनको समाचारदाता भन्नुपर्‍यो? हैन भने, प्रवक्ताले नभनी किन भनेको? अब यो क्याबिनेटमा मोबाइल लिएर आउन बन्द गर्नुपर्‍यो। कारबाहीको विषय बनाउनुपर्‍यो।'

उनले मुलुक भगवान भरोसामा चलेको पनि बताए। 'अब क्याबिनेटको बैठकमा आउँदा मोबाइल बाहिर राखेर आउने। प्रवक्ताले बाहेक कसैले नभन्ने। यसरी भगवान् भरोस चलेको मुलुक के....' उनले भने, 'त्यसको व्यवस्थापन त हामी आफैँले गर्नुपर्छ। त्यो दिन अरू दुईवटा विषय थियो, आउन पाएको छैन गाडीबाट झर्ने बित्तिकै मन्त्रीज्यु कुलमान घिसिङलाई हटाएको हो? कसरी थाहा पाउनुभयो तपाईंहरूले कुलमानले भनेको हो भनेँ मैले। यो कुरा यति भाइरल भयो कि। मैले त उसले पहिले नै सूचना थाहा पाइसकेको भनेर प्रश्न व्यङ्ग्य गरेको मात्रै। अहिले मलाइ थाहा पनि छ, त्यो मन्त्री को रहेछ भन्ने।' 

मन्त्री गुरुङले सरकारले गरेको निर्णयहरू कुनै बेला फिर्ता लिनुपर्ने हुनाले २४ घण्टापछि मात्रै मन्त्रीपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने निर्णय गरिएको स्पष्ट पारे। उनले आफू निजी विचार राख्न प्रवक्ता नभएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad