राजनीति


प्रचण्ड बारपाकमा, बारपाक-सुलीकोटमा आज सार्वजनिक बिदा

प्रचण्ड बारपाकमा, बारपाक-सुलीकोटमा आज सार्वजनिक बिदा

बारपाककी ‘रोसनी आमा’ आफ्नै हातले बुनेको भेडाको ऊनको हाफ कोट प्रचण्डलाई लगाइदिँदै


नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार ११:२, काठमाडौँ

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखाको बारपाक पुगेका छन्। 

बिहीबार पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितका नेतालाई साथमै लिएर गोरखा गएका प्रचण्ड आज बारपाक सुलीकोट गाउँपालिकाले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुँदैछन्।

२०७२ साल वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पको स्मृतिमा गाउँपालिकाले आज कार्यक्रम गर्न लागेको हो। 

भूकम्प स्मृति दिवसको अवसरमा गाउँपालिकाले आज सार्वजनिक बिदासमेत दिएको छ। 

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै वैशाख १२ गते पालिकाभित्रका सरकारी, गैरसरकारी संस्थाका कार्यालय, विद्यालय तथा स्वास्थ्य चौकी बन्द हुने जनाएको छ। 

२०७२ साल वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको ७‍.६ रेक्टर स्केलको विनाशकारी भूकम्पले बारपाकमा सबैभन्दा बढी धनजनको क्षति पुगेको थियो। 

त्यसयता हरेक वर्ष पारपाक गाउँपालिकाले वैशाख १२ गते कार्यक्रम गर्दै आएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad