कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि २ करोड रुपैयाँ दान गरेका पूर्वराजा ज्ञानेन्द्र शाहले स्वदेश फर्किन खोज्ने नेपालीलाई सरकारले राेक्न नहुने सुझाव दिएका छन्।
आफ्नो ट्विटर ह्यान्डलबाट ट्विट गर्दै उनले कोरोनाले गर्दा विदेशमा बस्न नसक्ने भएपछि आफ्नो देश फर्कन खोज्ने नेपालीलाई सीमामा रोक लगाउन नहुने सुझाव दिएका हुन्।
उनले ट्विट गरेका छन्, ‘आफू काम गरिरहेका ठाउँमा बस्न नसक्ने र काम नपाएर बिचल्ली भएपछि फर्कन खोज्दा घरको ढोकामा तगारो लाग्नुहुन्न। सरकारले आवश्यक स्वास्थ्य परीक्षण गरी स्वदेश आउन दिनु उत्तम हुनेछ।’
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) March 31, 2020कोरानाको डरका कारण घर आएका हाम्रा नेपाली नागरिक सीमामा रोकिनु परेको खबर आफैंमा प्रिय होइन । कोरोनाले गर्दा आफू काम गरिरहेका ठाउँमा बस्न नसक्ने र काम नपाएर विचल्ली भएपछि फर्कन खोज्दा घरको ढोकामा तगारो लाग्नुहुन्न । सरकारले आवश्यक स्वास्थ्य परीक्षण गरी स्वदेश आउन दिनु उत्तम हुनेछ ।
याे पनि :
प्रतिक्रिया