नेपाली कांग्रेसका नेता शशांक कोइरालाले चियापान आयोजना गरेका छन्। महाराजगन्जस्थित निवासमा बिहीबार बिहान आयोजना गरिएको चियापानमा नेपाली कांग्रेसका धेरै पूर्वपदाधिकारी पुगे।
नेताहरु कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमा गच्छदार, प्रकाशशरण महतहरु चियापानमा सहभागी भएका थिए। पदाधिकारी बाहेकका अन्य धेरै नेताहरू पनि चियापानमा सहभागी थिए।
कोइरालाले बोलाएको चियापानमा सहभागी नेता कृष्ण सिटौलाले लोकतन्त्र दिवसका अवसरमा चियापानमा बोलाएकाले आफूहरु त्यहाँ गएको र धेरै राजनीतिक कुरा नभएको जानकारी दिए।
‘चियापानमा बोलाउनु भएको थियो, भिडभाड थियो,’ उनले नेपालखबरसँग भने, ‘चिया खाइयो, हिँडियो। उहाँले लोकतन्त्र दिवसको शुभकामना दिनुभयो।’
Shares

प्रतिक्रिया