राजनीति


कश्मीर घटनाको विरोध गर्दै राप्रपाले भन्यो– हिन्दूविरुद्धको आक्रमण अस्वीकार्य

कश्मीर घटनाको विरोध गर्दै राप्रपाले भन्यो– हिन्दूविरुद्धको आक्रमण अस्वीकार्य

नेपालखबर
बैशाख १०, २०८२ बुधबार १८:५६, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले भारतको कश्मीरमा भएको आतंकवादी हमलाको विरोध गरेको छ। पछिल्लो समय हिन्दू समुदायलक्षित आक्रमण बढेको भन्दै त्यो स्वीकार्य नहुने समेत बताएकोछ । 

‘केही समयअघि बंगलादेशका चर्चित हिन्दू व्यक्तित्व श्री भावेशचन्द्र रायको अपहरणपछि निर्ममतापूर्वक हत्या भएको थियो,’ बुधबार विज्ञप्ति निकाल्दै राप्रपाले भने, ‘पछिल्लो समय हिन्दू समुदायलक्षित आक्रमणहरु चिन्ताको विषय हो। जुनसुकै भूगोल र जुनसुकै बहानामा हुने हिन्दुत्व र मानवता विरुद्धको आतंककारी कार्य स्वीकार्य हुन सक्दैन, राप्रपा यस्ता आतंकवादी गतिविधिको सदैव विपक्षमा छ।’
 
भारतको जम्मु कश्मिरको पहलगाममा मंगलबार आतंकवादी समूहले पर्यटकको समूहमाथि गरेको आक्रमणमा परी एक नेपाली नागरिक सहित २६ जनाको मृत्यु भएकोछ।
May be an image of text


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad