राजनीति


माओवादी अवसरवादी, एकीकृत समाजवादी सरकारमा किन गयो समीक्षा गर्छौं : खनाल

माओवादी अवसरवादी, एकीकृत समाजवादी सरकारमा किन गयो समीक्षा गर्छौं : खनाल

नेपालखबर
बैशाख ९, २०८२ मंगलबार १६:३८, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) अवसरवादी पार्टी भएको बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

केही दिनअघिसम्म कांग्रेसको पिठ्युँमा चढेर माओवादीले घमण्ड गरिरहे पनि अहिले क्रान्तिकारी कुरा गरेको खनालले टिप्पणी गरे।

उनले कांग्रेसको बुइ चढेर अहिले एमाले आगामी निर्वाचनमा पनि बहुमत ल्याउने घमण्ड गरिरहेको बताए।

पूर्वप्रधानमन्त्री खनालले भने, ‘एउटा माओवादी पार्टी छ, जो अस्ति भर्खरसम्म कांग्रेसकै पिठ्युँमा बसेर कराइरहेको थिए हाम्रा कमरेड प्रचण्ड। त्यो पिठ्युँ अहिले चिसो भएकै छैन, तातो पिठ्युँमा गएर केपी ओली बसेका छन्। अनि अहिले बाहिर आएर अलिकति कुराहरु गर्न थालेका छन्। अलि क्रान्तिकारी कुरा गर्न थालेका छन् बाहिर आएपछि।’

उनले थपे, ‘नेकपा एमाले भन्ने सबैभन्दा ठूलो पार्टी हामी अर्को पटक पनि जित्छौँ, बहुमत ल्याउँछौँ भनेर घमण्ड गरिरहेको छ। तर त्यो घमण्डको कुरा नेपाली कांग्रेसको पिठ्युँमा बसेर बोल्छ। दलाल पुँजीपति वर्गको पार्टीको पिठ्युँमा बसेर बोल्छ। जो सुधारवाद बाहेक केही पनि जान्दैन। यो घोर दक्षिणपन्थी कुरा हो।’

नेकपा (एकीकृत समाजवादी) ले पनि मन्त्रीको लोभमा सरकारमा सहभागी भएको भन्दै यसबारेमा समीक्षा जरुरी रहेको खनालले बताए।

उनले भने, ‘हाम्रो नै कुरा गर्दा पनि एक दुई वटा मन्त्रालय पाउँदा हामी पनि गयौँ। त्यो मन्त्रालय प्राप्त गरेर हाम्रो पार्टीले के पायो? सबैले मूल्यांकन गरौँ त। यि सबैको समीक्षा गर्नुपर्छ।’
पूर्वप्रधानमन्त्री खनालले समय लागे पनि प्रयत्न गर्दै जाने हो भने नेपालको कम्युनिष्ट आन्दोलन एकतावद्ध हुने दाबी गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad