राजनीति


विद्या भट्टराईलाई मैले मन्त्री बनाएको हुँ, सिकाइरहेको छु: केपी ओली

विद्या भट्टराईलाई मैले मन्त्री बनाएको हुँ, सिकाइरहेको छु: केपी ओली

नेपालखबर
बैशाख ९, २०८२ मंगलबार १६:२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्या भट्टराईलाई आफूले मन्त्री बनाएको र सिकाइरहेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीको ७६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षामन्त्रीले स्वास्थ्यको कारणले राजीनामा दिएको बताएका हुन्। 

भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी थिइन्। उनको राजीनामालाई लिएर प्रधानमन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएका असन्तुष्टि जनाए। 

'एकजना मन्त्रीले राजीनामा दिनुभयो। किन भन्दा प्रधानमन्त्रीले काम गर्न दिनुभएन रे? उहाँले घाँटीको अपरेशन गर्नुभयो। ठिक भएन सक्नुभएन राजीनामा दिनुभयो। सबैको हेडलाइन मेराविरुद्ध छ,' उनले भने, 'सबैले एकठाउँमा बसेर सल्लाह गरेर लेखेजस्तो छ। प्रस्ताव पारित नै गरेर टेलिफोन गरेर योजनावद्ध भएर लेखेका छन्।'

ओलीले भट्टराईलाई आफूले मन्त्री बनाएको भन्दै अहिले स्वास्थ्य ठिक नभएपछि उनले राजीनामा दिएको दाबी गरे।  

'उहाँ मैले बनाएको मन्त्री हो। मैले काम लगाइरहेको छु। सहयोग गरिरहेको छु। सिकाइराखेको छु,' उनले भने, 'ठूलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठिक भएन भनेर राजीनामा दिनुभएको हो। यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन।'

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैँकक गएको सन्दर्भलाई पनि सरकार ढल्छ भन्ने खालका हल्लासँग जोड्न खोजिएको टिप्पणी गर्दै एमाले र कांग्रेससँगको सहमतिबमोजिम १५ महिनापछि आफूले सभापति देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने दोहोर्‍याए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad