राजनीति


सरकार गैरजिम्मेवार, शिक्षक असंवेदनशील: बाबुराम भट्टराई

सरकार गैरजिम्मेवार, शिक्षक असंवेदनशील: बाबुराम भट्टराई

फाइल तस्बिर


नेपालखबर
बैशाख ८, २०८२ सोमबार ६:४१, काठमाडौँ

नेसपा नयाँ शक्तिका अध्यक्ष डा.बाबुराम भट्टराईले सरकार गैरजिम्मेवार र शिक्षक असंवेदनशील हुँदा पचासौँ लाख विद्यार्थीको जीवन नै जोखिममा परेको बताएका छन्। 

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता भट्टराले सरकार र शिक्षकको आलोचना गर्दै शिक्षक आन्दोलनमा सरकार र शिक्षकहरुको क्रियाकलाप अत्यन्त निन्दनीय रहेको आरोपसमेत लगाएका छन्। 

‘कति भयंकर विनाशकारी र क्रूर युद्ध त वार्ता, सम्वाद र लेनदेनबाट हल हुन्छ भने  देशको अभिभावक सरकार र सबैलाई ज्ञानको ज्योति बाँड्ने गुरूहरूबीचको जुँगाको लडाइँ गम्भीर वार्ता र केही समयको अघिपछिबाट किन हल हुन सक्दैन?’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारलाई सबै माग पूरा गर्न गाह्रो भए पहिले सहमति भैसकेका कुरा तत्काल लागू गर्ने र बाँकी निश्चित अवधिभित्र गरिसक्ने प्रतिवद्धता गरे हुन्छ। गुरूहरूले पनि ‘गुरू ब्रह्मा गुरू विष्णु गुरूदेव महेश्वर...’  को जिम्मेवारीवोध गरेर आफ्नै सन्तान सरहका विद्यार्थीहरूको सुन्दर भविष्यनिम्ति मुखैमा आएको १२ कक्षाको परीक्षा र भर्ना अभियान पछि पुनः आन्दोलन गर्ने अठोट गरेर अहिले एक कदम पछि हट्दा कुनै आकाश खस्दैन।’ 

चेतावनीको शैलीमा डा.भट्राईले भनेका छन्, ‘तर यो जुँगाको लडाइँले पहिले नै तहसनहस भैसकेको सार्वजनिक शिक्षाको दाहसंस्कार हुन पुग्यो र देश युवाविहीन हुन पुग्यो भने इतिहासले कसैलाई क्षमा गर्नेछैन।’ 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad