समाज


ट्याक्टर दुर्घटना: मृतक ४ जनाकै सनाखत, रातभरि शव घटनास्थलमै

दुर्घटनामा चालकको पनि मृत्यु
ट्याक्टर दुर्घटना:  मृतक ४ जनाकै सनाखत, रातभरि शव घटनास्थलमै

दिनेश बुढा
बैशाख ८, २०८२ सोमबार ६:५४, सुर्खेत

गएराति कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको  सनाखत भएको छ। उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

पलाँता गाउँपालिका–२ राडुनेटा नजिक ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी टेकबहादुर रावतले जानकारी दिए। 

पलाँता गाउँपालिकाको थिर्पुबाट छ्लाहा जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार मृत्यु हुनेमा पलाँता गाउँपालिका–५ अम्मा शाही,  पलाँता गाउँपालिका–४ ३२ वर्षीय शदु बुढा, पलाँता गाउँपाालिका–४ का अन्दाजी २१ रविन्द्र वि.क र ट्याक्टर चालक मुगुको खत्याड गाउँपालिका–५ का २० वर्षीय चन्द्रप्रकाश रोकाया छन्। 

ट्याक्टर सडकबाट अन्दाजी २ सय मिटर लत भीरमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाउने सबैको शव अहिले पनि घटनास्थलमै छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad