मुख्यसचिव एकनारायण अर्यालले मुलुकको कर्मचारीतन्त्र बलियो नभएसम्म कुनै पनि प्रणाली बलियो नहुने भन्दै भावनामा बगेर निजामती ऐन बनाउन नहुने बताएका छन्।
शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा बोल्दै उनले १० वर्ष लगाएर बनाएको निजामती ऐन कम्तिमा अबको १० वर्षसम्म कार्यान्वयन योग्य हुनुपर्ने बताए।
उनले हालको ऐनमै पनि नियुक्ति भएको २ वर्षसम्म सरुवा गर्न नपाउने प्रावधान भएपनि १-२ महिनामै कर्मचारी सरुवा गर्ने प्रवृत्ति रहेको भन्दै गुनासो गरे।
उनले सरकारको प्राथमितामा सरुवा हो कि कर्मचारीको वृद्धिविकास? भन्दै प्रश्न गरे।
‘कर्मचारीतन्त्र बलियो भएन भने कुनै पनि प्रणाली बलियो भएर जान सक्दैन। हामीले १० वर्ष लगाएर बनाएको निजामति ऐन अबको दश वर्षसम्म कार्यान्वयन योग्य हुनुपर्छ भन्ने हाम्रो नम्र निवेदन हो,' उनले भने, 'सरुवा प्राथमितामा हो कि कर्मचारीको वृत्तिविकास? अतिरिक्त सचिवको अभ्यास फेल भइसकेको विषय हो। अझै हामी यसलाई ल्याउन खोज्दैछौं यसले के गर्छ होला अनुमान गरौं न। अतिरिक्त सचिव नभएकै कारणले सर्भिस डेलिभरीमा प्रभाव परेको हो?'
Shares

प्रतिक्रिया