नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कर्मचारीले राखेका मागलाई तत्काल सम्बोधन गर्न संसदीय समितिले निर्देशन दिनुपर्ने बताएका छन्। आज शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निजामती विधेयकबारे उपसमितिको प्रतिवेदनमाथिको छलफलका क्रममा सांसद थानीले कुलिङ पिरियड कम्तीमा २ वर्ष राख्नुपर्ने बताए।
'राजनीतिक कर्मचारीबीच हुने साँठगाँठ रोक्न कुलिङ पिरियड राखिएको हो। परराष्ट्र र न्याय सेवामा किन राखिएन?,' उनले प्रश्न गर्दै भने, 'एउटै मापदण्ड तयार गरौँ । कतै एक वर्ष, कतै दुई वर्ष राखिएको छ । कुरा उही हो, सबैलाई एउटै गरौँ।'
गर्भवती कर्मचारीको हकमा भने स्वास्थ्य अवस्था हेरेर बिदाको व्यवस्था मिलाउन थानीको प्रस्ताव छ। थानीले अतिरिक्त आवश्यक नै नभएको पनि बताए।
उनले भने, 'अतिरिक्त सचिव नराख्दा पनि हुन्छ। दिने हो ऐनमा नै व्यवस्था गरौँ, कसैलाई अधिकार दिने र कसैलाई लुकाउने काम नगरौँ।'
Shares

प्रतिक्रिया