उसो त नेताहरु अर्को कुनै नेता बोलेको भिडिओ आफ्नो समाजिक संजालको पेजमा बिरलै सेयर (साझा) गर्छन्। त्यसमाथि आफूविरुद्ध नै अभिव्यक्ति दिने नेताको भनाइ झन् सेयर गर्दैनन्।
तर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले त्यसमा आफूलाई अपवादका रुपमा उभ्याउँदै नेकपा एमाले नेता महेश बस्नेत बोलेको एउटा भिडिओ क्लिप आफ्नो फेसबुक पेजमार्फत सेयर गरेका छन्।
लिङ्देनले ‘राजेन्द्र लिङदेनलाई तह लाउने एमाले योजना गजबकै रहेछ’ भन्दै उक्त भिडिओ क्लिप सेयर गरेका छन्।
उनले सेयर गरेको भिडियो क्लिपमा बस्नेतले राजेन्द्र लिङ्देनलाई तह लगाउन युवा संघमा दिल्ली लिङ्देन आइसकेको भनाइ राखेका छन्।
‘दिल्ली लिङ्देन हुनुहुन्छ हाम्रो युवा संघको स्वयंसेवक परिचालन समितिमा,’ बस्नेतले भनेका छन्, ‘राजेन्द्र लिङ्देनलाई तह लगाउनेको निमित्त दिल्ली लिङ्देन तयार भएर आइसकेको छ।’
Shares

प्रतिक्रिया