नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी ओली नेतृत्वको सरकार परिवर्तन हुने हल्लाको अन्त्य भएको बताएका छन्।
सत्ता साझेदार दल नेपाली कांग्रेसकै महामन्त्रीसहितका नेताहरू प्रधानमन्त्री ओली र सरकारको आलोचनामा उत्रिएपछि सरकार परिवर्तनको हल्ला चलेको थियो। त्यसमाथि प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि यस हल्लामा मलजल गरेका थिए।
पोखरेलले नयाँ वर्ष सुरु भएसँगै सरकार परिवर्तनको हल्ला पनि अन्त्य भएको बताउँदै अब नीति, कार्यक्रम र बजेट तयारीको छलफलमा जुट्न आह्वान पनि गरेका छन्।
'नयाँ वर्ष आरम्भसँगै सरकार परिवर्तन हुने हल्ला आजबाट अन्त्य भएको छ,' उनले भनेका छन्, 'अब पुनः नीति, कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा छलफलमा सहभागी बनौँ।'
बालुवाटार बैठक: देउवाको प्रस्तावअनुसार गभर्नर नियुक्त गर्न ओली लचक
बिहान मात्र प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो।
उनले बहसका विषयवस्तु पनि प्रस्तुत गरेका छन्।
यस्ता छन् उनले प्रस्तुत गरेको बहसको विषय
स्वास्थ क्षेत्रका मुख्य समस्याः
१. स्वास्थ पूर्वाधार तथा जनशक्तिको अभाव र असमान वितरण
२. स्वास्थ बिमा कार्यक्रम कार्यान्वयनमा गम्भीर समस्या
३ . निरोगी नेपालको अवधारणा कार्यान्वयनमा चुनौती
स्वास्थ क्षेत्रको सुधारका मुख्य विषय
- योजना अनुरुप पूर्वाधार विकास र सुदृढीकरण
- स्वास्थ क्षेत्रका लागि आवश्यक जनशक्तिको विकास र सन्तुलित वितरण (ग्रामीण क्षेत्रमा काम गर्ने जनशक्तिलाई विशेष प्रोत्साहन)
- स्वास्थ बिमाको प्रभावकारी कार्यान्वयन (यसमा सबै अनुदानलाई बिमा कार्यक्रमसंग जोडेर बिमाको दायराको विस्तार। गरिब र जेष्ठ नागरिकलाई निःशुल्क बिमाको सुनिश्चितता)
४. सूचना प्रविधिको प्रयोगद्वारा ग्रामिण क्षेत्रमा टेलिमेडिसिनको विस्तार
५. निरोगी नेपाल निर्माणका लागि स्वास्थ शिक्षा र स्वच्छ आहार विहारको प्रवर्धन
यस सन्दर्भमा तपाईँका मौलिक सुझाव भए उल्लेख गर्नुहोस्।
Shares

प्रतिक्रिया