राजनीति


परिस्थिति पेचिलो बन्दैछ, नयाँ वर्षले केही न केही निकास लिएर आउँछ: प्रचण्ड

परिस्थिति पेचिलो बन्दैछ, नयाँ वर्षले केही न केही निकास लिएर आउँछ: प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
चैत ३१, २०८१ आइतबार १५:१७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारतर्फ माओवादीको ध्यान नरहे पनि अहिलेको सरकार धेरै अगाडि जान सहज नभएको टिप्पणी गरेका छन्। 

आइतबार चितवनस्थित भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै दाहालले 
चौतर्फी रूपमा सरकारप्रति असन्तुष्टि, आवेग देखिएको र त्यसको असर सडकमा देखिएकाले नयाँ वर्षले केही न केही निकास लिएर आउने बताएका हुन्।  

‘सरकारमा भएकाहरू पनि सडकमा आउन थालेका छन्। भनेपछि परिस्थिति पेचिलो बनेको छ। नयाँ वर्षले केही न केही निकास लिएर आउँछ,’उनले भने, 'सरकारतिर हाम्रो ध्यान त्यतिचाहिँ छैन; परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै जान सहज छैन भन्ने कुरा पनि देखिराख्या छ। त्यसकारण कुनै पनि सम्भावना छ। तपाईंहरूले देखिराख्नुभएकै छ, चौतर्फी असन्तुष्टि,  आक्रोश, आवेश जनतामा बढिराखेको छ।'

उनले सरकार शिक्षकहरूको माग सम्बोधन गर्न संवेदनशील नदेखिएको भन्दै आलोचना पनि गरे। उनले भने, 'शिक्षकहरू आन्दोलनमा छन्, ११–१२ दिन हुन लागिसक्यो। सबैले समस्या समाधान हुनुपर्छ भनिराखेका छन्। तर सरकारको ध्यान त्यसप्रति संवेदनशीन देखिएको छैन।’  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad