राजनीति


गृहमन्त्री लेखकको प्रश्न: मान्छेलाई घरभित्रै जिउँदै पोलेर हिन्दूराष्ट्र आउँछ?

गृहमन्त्री लेखकको प्रश्न: मान्छेलाई घरभित्रै जिउँदै पोलेर हिन्दूराष्ट्र आउँछ?

नेपालखबर
चैत २९, २०८१ शुक्रबार १३:५५, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले राजावादीहरूको एजेन्डा र कार्यमाथि प्रश्न उठाएका छन्। संसदीय समितिमा तीनकुने घटनाबारे जानकारी गराउनेक्रममा लेखकले घरमा आगो लगाएर, जिउँदै मान्छे पोलेर हिन्दूराष्ट्र आउँछ? भन्ने प्रश्न गरेका हुन्। 

उनले हिन्दू धर्मले मान्छेका घरमा आगो लगाउने, आगो लगाएर मान्छे मार्ने कामलाई प्रोत्साहन नगर्ने पनि बताए।  

उनले भने, 'मान्छेलाई घरभित्र आगो लगाएर मारिएको छ। मान्छेका घरमा आगो लगाइएको छ । यसरी हिन्दूराष्ट्र आउँछ? हिन्दू धर्मले यही भन्छ?' 

चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको प्रदर्शन हिंस्रक बनेको थियो। उक्त प्रदर्शनमा निजी तथा सरकारी संरचनामा तोडफोड र आगजानी गरिएको थियो। प्रदर्शनमा दुई जनाको ज्यान पनि गएको थियो। 

राजावादीले निजी घरमा लगाउँदा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad