राजनीति


पूर्वराजालाई सिटौलाको चुनौती : देशको सेवा गर्न मन भए आफ्नो सबै सम्पत्ति जनतालाई दिनू

पूर्वराजालाई सिटौलाको चुनौती : देशको सेवा गर्न मन भए आफ्नो सबै सम्पत्ति जनतालाई दिनू

नेपालखबर
चैत २८, २०८१ बिहिबार १८:१९, काठमाडौँ

नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई देशको सेवा गर्न मन भए आफ्नो सबै सम्पत्ति जनतालाई दिन चुनौती दिएका छन्।

बिहीबार काठमाडौँमा आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्व अपरिहार्यता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो चुनौती दिएका हुन्। व्यवस्था परिवर्तनको उक्साउनुभन्दा चुप लागेर बस्न आग्रह गर्दै त्यसमै भलाई हुने बताए।

उनले देशमा पुनः शासन गर्ने मन भए दलीय राजनीतिमार्फत चुनाव लड्न आग्रह समेत गरे। नेपालमा राजतन्त्र दन्त्य कथा भइसकेको भन्दै कुरा गर्न र सुन्न मात्र रमाइलो उनको भनाइ छ। उनले आफ्नो सबै सम्पत्ति जनतालाई सुम्पिदिने आँट छ? भन्दै प्रश्न समेत गरे।

उनले भने, ‘भारतमा ब्रिटिस साम्राज्य हुँदा राजैराजाहरु थिए। ति सबै राजाहरु आज राजनीतिमा आएका छन्। राजनीतिमा आउनुस् स्वागत छ। साच्चै जनताको सेवा गर्न मन छ भने, साच्चै जनताको माया छ भने उनले बचेखुचेको सम्पत्ति दिउन् त जनतामा। आँट छ? हामीले महाराजधिराजको सम्पत्ति राष्ट्रियकरण गर्यौं। त्यो गर्ने क्याबिनेटको अध्यक्ष पनि मै हुँ। पूर्वराजा ज्ञानेन्द्र निकै ठूला व्यापारी पनि हुन्, उद्योगपति हुन्। आँट छ सबै सम्पत्ति जनतालाई सुम्पिदिने? म सोध्छु उहाँलाई।’

वर्तमान व्यवस्था सञ्चालनमा भएका गल्तिहरु सच्याउँदै अगाडि बढ्नु आजको आवश्यकता भएको उनको भनाइ छ। उनले व्यवस्थाको चिन्ता नभई अहिलेका युवाहरूले समाज निर्माण कसरी गर्ने भन्ने चिन्ता गर्न समेत आग्रह गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad