राजनीति


उद्योगीलाई प्रधानमन्त्रीले भने: मुलुकमा राजनीतिक स्थिरता छ, ढुक्क भएर लगानी गर्नू

उद्योगीलाई प्रधानमन्त्रीले भने: मुलुकमा राजनीतिक स्थिरता छ, ढुक्क भएर लगानी गर्नू

नेपालखबर
चैत २७, २०८१ बुधबार १८:२७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका  राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न उद्योगी,व्यवसायीलाई आग्रह गरेका छन्। 

नेपाल चेम्बर अफ कमर्शको ७४ औँ वार्षिक साधारणसभा उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको प्रयोगसहित प्रतिस्पर्धी र रचनात्मकरुपमा उद्योग–व्यवसायलाई अगाडि बढाउन आग्रह गरेका हुन्। 

'आज हामीलाई सुशासन र विकास चाहिएको छ। सुशानमा कुनै सम्झौता हुन सक्दैन तर थाहा नपाइकन भ्रष्टाचार चलिरहेको हुन सक्छ। त्यसलाई नियन्त्रण गर्नका लागि तपाईँहरूको पनि सहयोग चाहिन्छ,' प्रधानमन्त्रीले भने, 'देशको परिवर्तनका लागि योगदान गरेका ठुला पार्टीहरू मिलेर सरकार बनेको छ। त्यसले स्थिरता दिएको आगामी निर्वाचनसम्म र त्यसपछि पनि यो शिलशिला कायम रहन्छ। त्यसकारण तपाईँहरू ढुक्क भएर लगानी गर्नुस्। देशको विकासका योगदान गर्नुस्।'
 
आजको कृत्रिम बौद्धिकताको समेत सदुपयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्नुपर्नेमा उनले जोड दिए। चेम्बर, एउटा सरकार र निजी क्षेत्रबीचको पुलको कार्य गर्ने संस्था भएको र नीति निर्माणका सवालमा सरकारलाई सघाएको भन्दै प्रधानमन्त्री ओलीले धन्यवाद दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad