समाज


राति वर्षा, हावाहुरी र हिमपातको सम्भावना

राति वर्षा, हावाहुरी र हिमपातको सम्भावना

फाइल तस्बिर: काठमाडौँको बल्खु


नेपालखबर
चैत २७, २०८१ बुधबार १८:२९, काठमाडौँ

यतिबेला (बुधबार साँझ ६ बजे) देशभर मौसम आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल)  छ। अनि कोसी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। साथै देशभर तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज राति कोसी प्रदेशअन्तर्गत हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ भने पहाडी र तराई दुवै क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

यस्तै मधेस प्रदेशका थोरै स्थानमा पनि राति मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

बागमती प्रदेशअन्तर्गत हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ भने पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। तराई क्षेत्रका थोरै स्थानमा भने हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने छ। 

मौसम महाशाखाका अनुसार राति गण्डकी प्रदेशका पनि हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी र तराई दुवै भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस्तै लुम्बिनी प्रदेशअन्तर्गत हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी र तराई दुवै भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

मौसम महाशाखाले दिएको जानकारीअनुसार राति कर्णाली प्रदेशका पनि हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

राति सुदूरपश्चिम प्रदेशका पनि हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात तथा पहाडी र तराई दुवै क्षेत्रका एक-दुई स्थानमा हावाहुरीसहित हल्का खि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। 

मौसमविद्का अनुसार पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त वायुको प्रभावले देशभर मौसम बदली तथा हिमपात र वर्षाको अवस्था बनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad