राजनीति


स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलन बिहीबारदेखि

स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलन बिहीबारदेखि

नेपालखबर
चैत २७, २०८१ बुधबार १८:२३, काठमाडौँ

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरुको ११औँ शिखर सम्मेलन बिहीबारदेखि सुरु हुने भएको छ।
    
सम्मेलनको तयारी सम्बन्धमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिषद्का कार्यकारी सचिव डा प्रमोद जोशीले सम्मेलनको तयारी पूरा भएको जानकारी दिए। उनले स्वास्थ्य र जनसङ्ख्यामा आधारित अनुसन्धान प्रवद्र्धन, प्रमाणमा आधारित नीति तथा निर्माण प्रक्रिया सुदृढ गर्नु र वैज्ञानिक अनुसन्धानकर्ता तथा नीति निर्माताबीचको सहकार्यलाई बलियो बनाउनु सम्मेलनको उद्देश्य रहेको बताए।
    
सम्मेलनमा नेपालसहित भारत, चीन, बेलायत, स्वीट्जरल्याण्ड, जर्मनी, अमेरिकालगायत १०० भन्दाबढी देशका विज्ञ तथा एक हजारभन्दा बढी राष्ट्रिय सहभागीहरूको भौतिक तथा भर्चुअल उपस्थिति हुनेछ। सम्मेलनमा ८७ वटा मौखिक र ११५ वटा पोष्टर प्रस्तुतीकरण हुनेछन्।
    
सम्मेलनले अनुसन्धानमार्फत सहकार्यलाई प्रवद्र्धन गर्ने तथा योजना र विकासमा टेवा पुर्‍याउने विश्वास लिएको परिषद्का कार्यकारी सचिव डा जोशीले बताए।
    

उनले सम्मेलनबाट प्राप्त निष्कर्षले प्रमाणमा आधारित नीति निर्माणको लागि पूर्वाधार बनाउँदै, दिगो र उत्थानशील स्वास्थ्य सेवाको सुनिश्चित गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले जानकारी दिए।

उनका अनुसार सम्मेलनमा प्रत्येक दिन स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रका अनुसन्धानका विभिन्न विषयमाथि सामूहिक छलफलसमेत हुनेछन्। सम्मेलन यही चैत ३० गतेसम्म सञ्चालन हुनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad