राजनीति


तीनकुनेमा आगजनी र तोडफोड गर्ने माओवादी कार्यकर्ता हुन्ः ज्ञानेन्द्र शाही

तीनकुनेमा आगजनी र तोडफोड गर्ने माओवादी कार्यकर्ता हुन्ः ज्ञानेन्द्र शाही

नेपालखबर
चैत २६, २०८१ मंगलबार १७:२२, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गत चैत १५ गते सार्वजनिक तथा निजी सम्पत्तिमाथि आगजनी र तोडफोड गर्ने माओवादीका कार्यकर्ता भएको आरोप लगाएका छन्।

मंगलवार राप्रपाले बल्खुमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। तोडफोड गर्न कार्यकर्ता पठाएर झूटा मुद्दामा राप्रपा नेताहरू धवल समशेर राणा, रवीन्द्र मिश्र र पशुपति खड्कालाई थुनिएको उनको आरोप छ।

पक्राउ गरिएका राप्रपा नेता कार्यकर्ताहरूलाई नछोडिए जनताले गणतन्त्रवादी नेताहरूको घर घेर्ने दिन आउने उनको चेतावनी छ। उनले जनताले घर घेरे भागेर कहाँ जान्छौ? भन्दै गणतन्त्रवादी नेताहरूलाई प्रश्न गरे।

प्रमुख सचेतक शाहीले भने, ‘अहिले प्रमाणित भयो। सरकार सम्पत्ति तोडफोड गर्ने, जडिबुटीमा आगो लाउने माओवादीका कार्यकर्ता भएको आज पुष्टि भएको छ। त्यस्ता भिजिलान्तेहरू प्रयोग गरेर झूटा मुद्दा लगाएर हाम्रा साथीहरूलाई थुनिएको छ। झूटा मुद्दा लगाएर थुन्ने कोसिस गरियो भने भोलि हजारौं जनताले तिमीहरूको घर घेर्नेछन्। त्यो दिन भागेर तिमीहरू कहाँ जाने? झूटा मुद्दा तत्काल फिर्ता गरियोस्।’

उनले पटक पटक सत्तामा बसेका नेताहरूले उद्योगधन्दा बेचेर खाएको समेत आरोप लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad