राजनीति


बुद्धिमानको प्रश्न: धवलशमशेर ढुंगा हान्ने, आगो लगाउने मान्छे हो?

बुद्धिमानको प्रश्न: धवलशमशेर ढुंगा हान्ने, आगो लगाउने मान्छे हो?

नेपालखबर
चैत २६, २०८१ मंगलबार १५:१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले प्रहरी हिरासतमा रहेका अर्का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई तत्काल रिहा गर्न माग गरेका छन्। मंगलबार काठमाडौँको बल्खुमा पार्टीले आयोजना गरेको बृहत् खबरदारी सभालाई सम्बोधन गर्दै तामाङले यस्तो माग गरेका हुन्। 

चैत १५ गते दुर्गा प्रसाईंलाई कमान्डर बनाइएको राजावादीको प्रदर्शन हिंसात्मक बनेको थियो। उक्त प्रदर्शनमा दुई जनाको मृत्यु हुनुका साथै भौतिक संरचनाहरूमा ठूलो क्षति भएको थियो। 

हिंसात्मक प्रदर्शनका लागि प्रदर्शनकारीलाई उग्र बनाएको आरोपमा मिश्र र राणालाई प्रहरीले नियन्त्रणमा लिएको हो।  

तामाङले आज सँगै मञ्चमा हुनुपर्ने नेताहरू प्रहरी हिरासतमा भएको भन्दै दुख व्यक्त गरे। 

उनले भने, 'हामीसँगै यही मञ्चमा हुनुपर्ने वरिष्ठ नेता रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेरलाई छानबिन गर्न हिरासतमा राखिएको छ। यो दुःखद् कुरा हो।'

त्यस्तै उनले सांसदसमेत रहेका धवलशमशेर पसल लुट्ने, आगो लगाउँदै हिँड्ने मान्छे हो? भन्दै प्रश्न गरे। 

उनले भने, 'माननीय धवलशमशेर ढुंगा हान्ने मान्छे हो? आगो लगाउने, पसल लुट्ने मान्छे हो?'
  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad