प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरु किन आन्दोलित भएका हुन भन्ने विषयमा आफूलाई थाहा नभएको बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित हिमालयन डायलगको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जायज मागका लागि आन्दोलन नै गरिराख्नु नपर्ने समेत टिप्पणी गरे।
‘अहिले शिक्षक आन्दोलन चलेको छ। किन चलाउनु भएको हो शिक्षक साथीहरुले मलाई थाहा छैन,’ ओलीले भने, ‘म प्रधानमन्त्री छु, म भनिरहेको छु–जायज माग लिएर कोही आउँदा आन्दोलन गरिराखनुपर्दैन।’
उनले थपे, ‘हामी त्यसको समाधान दिन्छौं। हामी त्यसलाई समाधान गर्न तयार छौं। दुःख पाउनु पर्दैन्। सडकमा गएर सुत्नै पर्दैन।’
प्रधानमन्त्री ओलीले शिक्षकहरुलाई संवादमा आउन आग्रह गर्दै छलफलबाट नै कुरा टुंगिने विश्वास व्यक्त गरे।
‘आउनुहोस्, कुराकानी गरेर त्यसलाई समाधान गरौं भनिराखेको छु,’ उनको भनाइ छ, ‘उहाँहरुले किन दुःख पाउनु भएको हो। उहाँहरु कुराकानीमा आउनुहोला। कुराकानीमा आउने बित्तिकै उहाँहरुका मागलाई यथोचित ढंगले सम्बोधन गर्छौं।’
Shares

प्रतिक्रिया