कारोबार


‘अनुचित आचरण’को आरोप लागेपछि होन्डाका कार्यकारी उपप्रमुखले दिए राजीनामा

‘अनुचित आचरण’को आरोप लागेपछि होन्डाका कार्यकारी उपप्रमुखले दिए राजीनामा

नेपालखबर
चैत २५, २०८१ सोमबार १९:३७, काठमाडौँ

होन्डाका कार्यकारी उपप्रमुख शिन्जी आओयामाले ‘अनुचित आचरण’ को आरोप लागेपछि सोमबार राजीनामा दिएका छन्। 

कम्पनीका निर्देशकसमेत रहेका आओयामाविरुद्ध लगाइएको आरोपबारे विस्तृत जानकारी नदिई होन्डाले विज्ञप्तिमा भनेको छ, ‘यो घटना ‘कामको समयभन्दा बाहिर एक सामाजिक जमघटको क्रममा’ भएको हो।’

‘कम्पनीको व्यवस्थापनमा एक नेताका रूपमा रहेका र मानव अधिकारको सम्मानका लागि एक उदाहरण स्थापित गर्ने विश्वास गरिएका नेतृत्वमाथि सिद्धान्तविपरीत आचरण गरेको आरोप लाग्नु गम्भीर र खेदजनक छ,’ विज्ञप्तिमा भनिएको छ।

फर्मको लेखा परीक्षण समितिले अनुसन्धान गरी घटनाबारे निर्देशकहरूको समितिमा अनुशासनात्मक कार्य योजना प्रस्तुत गरेको थियो। निर्देशकको समितिले उनीविरुद्धको आरोपबारे निर्णय गर्ने अख्तियार दिइएको थियो । 

अओयामाले समितिले कुनै कदम चाल्नुअघि नै राजीनामा पत्र बुझाएका छन्। 

‘कम्पनीको सञ्चालक समितिले आओयामाले आफ्नो पदबाट राजीनामा दिनु उपयुक्त हुने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ। 

होन्डाका अध्यक्ष तोशिहिरो मिबेले यस विषयको गम्भीरताका कारण स्वेच्छाले दुई महिनाका लागि आफ्नो मासिक क्षतिपूर्तिको २० प्रतिशत रकम फिर्ता गर्ने कम्पनीले जनाएको छ।

‘गलत आचरणका कारण हुने कुनै पनि असुविधाका लागि र यसले सबै सरोकारवालाहरूलाई निम्त्याएको गम्भीर अशान्ति र चिन्ताका लागि कम्पनी क्षमाप्रार्थी छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad