सरकारले भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति नदिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बल्खुमा कार्यक्रम गर्ने भएको छ।
राप्रपाले भोलि (मंगलबार) बल्खुमा प्रदर्शन गर्न लागेको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौँले भृकुटीमण्डपमा प्रदर्शन गर्न नदिएको राप्रपा प्रवक्ता सगुन लावतीले जानकारी दिए।
‘हामीले भृकुटीमण्डपमा कार्यक्रम गर्न केही दिनअघि स्थानीय प्रशासनसँग अनुमति मागेका थियौँ,’ लावतीले नेपालखबरसँग भने, ‘तर, स्थानीय प्रशासनले हामीलाई त्यहाँ कार्यक्रम गर्ने अनुमति दिएन।’
यही चैत १५ गते राप्रापासहितका राजावादी समूहले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षा संवेदनशीलता देखाएर राप्रपालाई अन्यत्रै कार्यक्रम गर्न भनेको छ। स्थानीय प्रशासनले राप्रपालाई बल्खु वा सिफलमा प्रदर्शन गर्न अनुरोध गरेको छ।
सोही अनुसार आफूहरुले भाेलि बल्खुमा प्रदर्शन गर्न लागेको लावतीले बताए।
हेर्नुहाेस् जिल्ला प्रशासन कार्यालय काठमाडाैँकाे पत्र

Shares

प्रतिक्रिया