राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।
अध्यक्ष कमल थापाले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।
सोमबार दिउँसो साढे १ बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने तय भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
बैठकमा अध्यक्ष थापाले मुलुकमा विकसित भएको पछिल्लो राजनीति घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भूमिकाको बारेमा ‘ब्रिफिङ’ गर्ने कार्यसूची छ।
‘यही चैत १५ गते राजावादी आन्दोलनको क्रममा भएको तीनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेकाहरुको रिहाईको बारेमा समेत छलफल हुने स्रोतले जनाएको छ।
राप्रपा नेपालले नीनकुने घटनाको बारेमा निष्पक्ष छानबिन हुनुपर्ने र पक्राउ परेकाहरुलाई रिहाई गर्नुपर्ने धारणा यस अघि नै सार्बजनिक गरिसकेको छ।
153
Shares

प्रतिक्रिया