ad ad

राजनीति


कोरोनाले ‘अर्थतन्त्र ध्वस्त पारेको चिन्तामा’ जर्मनीका प्रान्तीय मन्त्रीले गरे आत्महत्या

कोरोनाले ‘अर्थतन्त्र ध्वस्त पारेको चिन्तामा’ जर्मनीका प्रान्तीय मन्त्रीले गरे आत्महत्या

नेपालखबर
चैत १६, २०७६ आइतबार १५:८,

जर्मनीको हेस्से राज्यका वित्तमन्त्री थोमस सेफरले आत्महत्या गरेका छन्। उनको आत्महत्यालाई कोरोना भाइरसका कारण ध्वस्त भएको अर्थतन्त्रसँग जोडिएको छ।

५४ वर्षीय सेफर शनिबार रेलमार्गनजिकै मृत फेला परेका थिए।

राज्यका मुख्यमन्त्री वोल्कर बुफिएले अर्थतन्त्रप्रति ‘गहिरोगरी चिन्तित’ भएपछि मन्त्रीले आत्महत्या गरेको बताएका छन्।

‘हामी अचम्मित छौँ, अविश्वसनीय घटना भएको छ,’ बुफिएले भनेका छन्, ‘उनी अर्थतन्त्रतलाई लिएर निकै चिन्तित थिए।’

जर्मनीको आर्थिक राजधानी मानिने फ्र्यांकफर्ट सहर हेस्से राज्यमा पर्छ।

सेफर सो राज्यको १० वर्षदेखि वित्तमन्त्री थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .