राजनीति


मजदुरलाई राहत, आपुर्ती व्यवस्था सहज बनाउन गृहले गर्‍यो यस्ता निर्णय

मजदुरलाई राहत, आपुर्ती व्यवस्था सहज बनाउन गृहले गर्‍यो यस्ता निर्णय

नेपालखबर
चैत १६, २०७६ आइतबार १५:११,

गृह मन्त्रालयले लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गर्ने वर्गलाई राहत दिने निर्णय गरेको छ।

आइतबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले वडास्तरमा संयन्त्र निर्माण गरी रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिहरुको लगत संकलन गर्ने र राहत दिने निर्णय गरेको हो।

मन्त्रालयले खाद्य सामाग्री लगायत दैनिक उभोग्य वस्तुको आपुर्ती व्यवस्था सहज बनाउन विभिन्न निर्णयहरुसमेत गरेको छ।

 यस्ता छन्, मन्त्रालयका निर्णयहरु
१) आपूर्ति व्यवस्थापनको नेतृत्व सबै स्थानीय तहले लिने।

२) विक्री वितरण गर्दा न्यूनतम १ मिटरको दुरी कायम गर्ने (सोसल डिस्टेन्स) गरी स्थानीय तहले मापदण्ड बनाउने।

३) आपूर्ति व्यवस्थापनलाई सहज बनाउन प्रत्येक वडाका वडाध्यक्षको संयोजकत्वमा स्थानीय प्रहरीको प्रतिनिधित्व हुने गरी समिति गठन गर्ने।

४) वडास्तरीय समितिले आफ्नो वडा भित्र रहेका हालको स्थितिमा रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिहरुको लगत संकलन गर्ने ।

५) स्टोर वा बिक्रेताले बिक्री गर्दा न्यूनतम दैनिक उपभोग्य वस्तुहरु रहने गरी (कम्बो प्याकेज) बनाई बिक्री वितरण गर्ने।

६) हालको स्थितिमा रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिहरुलाई वडास्तरीय समितिले सहयोग स्वरुप न्यूनतम दैनिक उपभोग्य वस्तुहरुको प्याकेज उपलब्ध गराउने । सहयोगको प्याकेज बनाउदा ४ जना सम्म सदस्य भएको परिवार र ४ जना भन्दा बढी सदस्य भएको परिवारलाई पुग्ने गरी २ प्रकारको बनाउने।

७) कुनै निकायरसंघरसंस्थारव्यक्तिले सहायता दिन चाहेमा सम्बन्धित स्थानीय तहमा सम्पर्क राख्‍नुपर्ने। स्थानीय तहले तोकेको मापदण्ड अनुसारका सहयोग सामग्रीहरु भएमा मात्र स्थानीय तहले स्वीकार गरी वडास्तरीय समिति मार्फत वितरण गर्ने । सो को विवरण अनिवार्य रुपमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने ।

८) सहायताको नाममा कसैले पनि चन्दा उठाउन वा आफुखुसी सहायता वितरण गर्न नपाउने।

९) वितरणमा दोहोरोपना हुन नदिने।

१०) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य वस्तुहरुको मौज्दात नियमित रुपमा अद्यावधिक गरी सार्वजनिक गर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .