राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने घोषणा गरेका छन्।
शनिबार चितवनको भरतपुरमा पार्टीको जनयात्रा कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले यस्तो बताएका हुन्।
जनताले भारी मतले जिताएको व्यक्तिको सांसद पद निलम्बन गरिएको भन्दै उनले आईपीयूलगायत अन्तर्राष्ट्रिय फोरमहरू जानकारी गराउने बताए।
'जनताको यत्रो भारी मतले जितेको व्यक्तिको सांसद पद निलम्बन गरियो,' उनले भने, 'सांसदको भूमिका खुम्च्याउन खोजियो। जेनेभामा रहेको इन्टर पार्लियामेन्ट्री युनियन (आईपीयू) लगायतका फोरमहरूमा यो मुद्दा पुर्याउनेछौँ।'
रवि लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सोमबार सर्वोच्च जाँदै रास्वपा
Shares

प्रतिक्रिया