नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले आन्दोलनरत शिक्षकका जायज माग वार्ताको माध्यमबाट तत्काल पूरा गर्न आग्रह गरेको छ।
प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले शनिबार विज्ञप्ति प्रकाशित गरी ‘नेपाल शिक्षक महासंघले उठाएका शिक्षा क्षेत्रका विभिन्न मागहरूका साथै विगतमा नेपाल सरकारसंग भएका विभिन्न सम्झौता कार्यान्वयनका लागि गरेको आन्दोलन, विगतमा गरेका सम्झौता कार्यान्वयन र महासंघले उठाएका जायज मागहरूलाई वार्ता तथा सम्वादबाट समाधानका लागि’ सरकारसँग आग्रह गरेका छन्।
नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारीको माग गर्दै केहीदिनदेखि काठमाडौँ केन्द्रित अनिश्चितकालिन आन्दोलन गरिरहेको छ। शिक्षक तथा विद्यालय कर्मचारीका यथोचित माग समाधान गरी गुणस्तरीय विद्यालय शिक्षाको प्रवन्ध गर्नसक्ने ऐन जारी गर्न ढिलाई गरिएको भन्दै शिक्षकहरू आन्दोलनमा छन्।
नेपाल शिक्षक महासंघले जारी राखेको आन्दोलनप्रति ऐक्यवद्दता जनाउँदै कांग्रेस बागमतीले शिक्षक तथा विद्यालय कर्मचारीहरुसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ।

प्रतिक्रिया