राजनीति


देश बनाउन प्रधानमन्त्री ओली जति कोही खटेका छैनन्: शंकर पोखरेल

देश बनाउन प्रधानमन्त्री ओली जति कोही खटेका छैनन्: शंकर पोखरेल

नेपालखबर
चैत २३, २०८१ शनिबार १८:४१, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान र व्यवस्थामाथि चुनौती दिने गरी केही शक्ति सक्रिय भइरहेको टिप्पणी गरेका छन्। पेसागत महासङ्घ नेपाल राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै उनले संविधान बाहिर कोही पनि जान नसक्ने बताए।

‘पूर्वराजाका गतिविधिले संविधान कार्यान्वयनमा केही चुनौती थपेको छ। संविधान कार्यान्वयन गर्ने सम्बन्धमा छिटोभन्दा छिटो कानुन बनाउनुपर्छ भन्नेमा वर्तमान सरकार प्रतिबद्ध छ,' उनले भने, '
पञ्चायत र राजतन्त्रसँग जोडेर नेपाली समाजमा जुन प्रचार गरिँदैछ, त्यो अपराध हो, हामी परिवर्तनकारी हौँ, हामी लोकतन्त्रवादी हौं। यसका आधारमा हामीले आफ्ना दृष्टिकोण समाजमा राख्न सक्नुपर्दछ।’

नेपालमा सुशासन र सेवा प्रवाहको कारणले जनताले प्रश्न उठाएको भन्दै महासचिव पोखरेलले सुशासन कायम गर्ने र सेवा प्रवाहलाई छिटोछरितो बनाउन पेसागत महासङ्घलाई आग्रह गरे।

उनले थपे, ‘राजनीतिक नेतृत्वले नीतिगत निर्णय गरिदिन्छ, प्रशासनले कार्यान्वयन गर्ने हो। प्रशासनयन्त्र सक्रिय नहुने हो भने जतिसुकै राम्रा योजना बनाएर पनि परिमाण आउँदैन। अहिले हाम्रा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बिहानदेखि बेलुकासम्म जति खट्नुहुन्छ, त्यति प्रशासनतन्त्र खटेका छैनन्, देश बनाउने कुरा जागिर नभई भावना, आन्दोलन हो।’

यही चैत १५ गते भएको आपराधिक क्रियाकलापमा संलग्न र जिम्मेवार मानिसहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै उनले उक्त दिनको घटनाको सबै जिम्मा पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने बताए।

महासचिव पोखरेलले भने, ‘काठमाडौंमा प्रदर्शनको नाममा जुन हर्कत भए, ती आपराधिक, संविधानविरोधी र जनविरोधी क्रियाकलापका रूपमा भएका छन्। अहिले सामाजिक सञ्जालबाट भ्रमको खेतीमात्र गरिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad