राजनीति


जनमत सावित गरेर चाहेजस्तो व्यववस्था ल्याउन पूर्वराजालाई विश्वप्रकाशको चुनौती

जनमत सावित गरेर चाहेजस्तो व्यववस्था ल्याउन पूर्वराजालाई विश्वप्रकाशको चुनौती

नेपालखबर
चैत २३, २०८१ शनिबार १८:१५, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजालाई चुनौती दिएका छन्।

झापाको मेचीनगर, धुलाबारीमा पार्टीले आयोजना गरेको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा शनिबार उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफूसँग जनता छन् भन्ने लागेको भए २०८४ सालको चुनावमा ‘श्रीपेच चुनाव चिह्न’ लिएर दुई तिहाई जनमत ल्याएर व्यवस्था बदल्न चुनौती दिए।

महामन्त्री शर्माले भने, ‘चौरासी सालमा चुनाव हुँदैछ। यदि तपाईँलाई आफूसँग जनता छन् भन्ने लागेको छ भने श्रीपेच चुनाव चिह्नमा मत माग्नुहोस्। दुई तिहाई ल्याएर जनता आफूसँग भएको देखाउनुहोस्, अनि संविधान संशोधन गरेर चाहेको व्यवस्था गर्नुस् तर त्यसबाहेकका उपायद्वारा देशलाई अराजकतातिर लग्ने प्रयास स्वीकार्य हुँदैन।’

संविधानसभाको पहिलो बैठकले विधिवत् रूपमा लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेको स्मरण गर्दै उनले सडकमा केही समर्थक उतार्दैमा राजावादीले संविधानसभाको निर्णय उल्ट्याउन नसक्ने बताए।

‘संविधानसभाको निर्णय बदल्ने उपाय भनेको विधिवत् ढंगले संविधानको संशोधन हो। त्यसो गर्न चुनावमा दुई तिहाई बहुमत ल्याउनैपर्छ,’ महामन्त्री शर्माले भने, ‘हिजो राजाको पालामा जस्तो संविधान संशोधनको अधिकार कसैको हुकुम र हातमा नभएको हेक्का राख्न मेरो चेतावनी छ। सडकमा मान्छे उतार्दै आकाशतिर फर्केर मेरा जनता यति छन् र उति छन् भनेर अनुमान गरेको भरमा जनमत यकिन हुँदैन।’

उनले नेपाली जनताले कुन वंशको गर्भबाट जन्मेको भन्ने आधारमा नभइ कस्तो कर्म गरेको भन्ने आधारमा आफ्ना प्रतिनिधि चुन्ने गरेको धारणा राखे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad