समाज


बार एसोसिएसनको नयाँ नेतृत्व चयन गर्न मतदान सम्पन्न

बार एसोसिएसनको नयाँ नेतृत्व चयन गर्न मतदान सम्पन्न

नेपालखबर
चैत २३, २०८१ शनिबार १८:२६, काठमाडौँ

नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदान सम्पन्न भएको छ। प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले शनिबार बिहान ८ बजेदेखि सुरु भएर अपराह्न ४ बजे मतदान सम्पन्न भएको जानकारी दिए।

नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन्।

महासचिवमा वरिष्ठ अधिवक्ता प्राडा मिश्रको समूहबाट वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला र वरिष्ठ अविधक्ता श्रेष्ठको समूहबाट अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी रहेको छ।

प्रमुख निर्वाचन अधिकृत निरालाका अनुसार नयाँ कार्यसमिति छनोटका लागि नौ हजार नौ सय ५७ मतदाता रहेका छन्। निर्वाचनमा २५ जनाका लागि ५७ को उम्मेदवारी परेको छ।

मतदानका लागि काठमाडौँ र बाहिर गरी ३६ वटा केन्द्र रहेका छन्। काठमाडौँ मतदान केन्द्र सर्वोच्च अदालत परिसरमा रहेको छ। यस केन्द्रमा करिब छ हजार मतदाता रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad