राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले नेपाली कांग्रेस र नेकपा एमाले दुई दलीयतन्त्रको अभ्यासमा लागेको भन्दै कटाक्ष गरे। चितवनको भरतपुरमा पार्टीको जनयात्रा कार्यक्रमको शुभारम्भ सभालाई सम्बोधन गर्दै श्रेष्ठले नयाँ तथा सानालाई निषेध गरेर लुटतन्त्रवादीहरू मात्रै स्थापित भइरहन खोजिएको र अब जनताले यसलाई निस्तेज पार्ने बताएका हुन्।
'कांग्रेस-एमाले दुई दलीयकरणमा जान खोज्नु भएको छ। साना र नयाँलाई निषेध गर्न थालिएको छ,' उनले भने, 'दुई दलीयकरणमा लैजानै पर्दैन। जनताले बुझिसके- एउटा लोकतन्त्रवादी र अर्को लुटन्त्रवादी भनेर। समयले परीक्षा लिनेछ को लुटतन्त्र र को लोकतन्त्रको पक्षमा उभिनेछन्।'
त्यस्तै उनले कांग्रेस-एमालेले झुक्काउँदा झुक्किएका छन् भन्ठानेर भ्रम पालिरहेको पनि बताए।
'उहाँहरू झुक्काउँदा झुक्किरहेको भन्ठान्नु भएको छ। उहाँहरूले हामीलाई कालकोठीमा राख्न खोज्नु भएको छ,' उनले भने, 'तर उहाँहरूले फलाम पनि तताएर पिटेपछि हतियार बन्छ भन्ने बिर्सिरहनु भएको छ।'
Shares

प्रतिक्रिया